तुलसीपुर, ११ असार । लालपुर्जा वितरणका लागि तुलसीपुर उपमहानगरपालिका – ५ मा आजदेखि जग्गा नापजाँचको काम सुरु भएको छ । भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको पुर्जा वितरणका लागि जग्गा नापजाँचको कार्य सुरु गरिएको हो । ६ नम्बर वडामा जग्गा नापजाँचको काम सके लगत्तै दोस्रो चरणमा ५ नम्बर वडामा सुरु गरिएको हो ।
वडामा जग्गा नापजाँचका लागि खटेको प्राविधिक टोलीलाई पूर्ण रुपमा तुलसीपुर– ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले आग्रह गर्नुभएको छ । वडाको नवसिर्जना टोलबाट जग्गा नापजाँचको काम सुरु भएको छ । यो टोलको काम सकिए लगत्तै संगित नगर टोलबाट नापजाँचको काम सुरु गरिने वडा अध्यक्ष शाहले बताउनुभयो । फारम भरेका, भर्न छुटेका, निस्सा प्राप्त गरेका या नगरेका सबैको जग्गा नापजाँच गरिने बताइएको छ ।
प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार


















