दाङ, १९ जेठ । ‘शिक्षक यामराज ओलीको ‘शिक्षक हामी समाजको ऐना हौँ’ बोलको गीत सार्वजनिक भएको छ । लामो समयदेखी शिक्षण पेशामा आबद्ध सल्यानको छत्रेश्वरि गाउँपालिका–४, जयचौरका ओलीको शब्दमा आधारित ‘शिक्षक हामी समाजको ऐना हौँ’ बोलको गीत केही दिन अगाडी मात्रै सार्वजनिक गरिएको हो । उक्त गित JhARANA SHREE युट्युब च्यानेलमार्फत सार्वजनिक गरिएको छ । गीतले छोटो समयमै दर्शक–श्रोतामाझ विशेष चर्चा पाउन सफल भएको छ । गीतमा यामराज ओलीकै स्वर रहेको छ भने जमुना विश्वकर्मा र झरणा श्री ओलीले स्वर दिनुभएको छ ।
संगीतकार राजु सापकोटाले लय संकलन र निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा चर्चित नायिका रश्मि भट्ट, यामराज ओली, झरणा श्री ओली, दरबार हाईस्कुलकी प्रधानाध्यापक शारदा कुमारी पौडेल र सहायक प्रधानाध्यापक पदम बहादुर बटालाले अभिनय गर्नुभएको छ । देशको गौरवमय शैक्षिक इतिहास बोकेको पहिलो विद्यालय, दरबार हाईस्कुलमा गीतको छायांकन गरिएको थियो । मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतले छोटो अवधिमै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको शिक्षक ओलीले बताउनुभएको छ ।।


















