२०८३ साउन ११ गते सोमवार

 तुलसीपुरलाई आगामी वर्षसम्म बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी 

तुलसीपुर, १७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले आगामी वर्षभित्र नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने गरि तयारी गर्ने बताउनुभएको छ । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहयोगमा आयोजित सरोकारवालाहरुसंगको छलफलमा खडकाले यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि पार गर्नुपर्ने सूचकहरू पुरा गर्न उपमहानगर तयार रहेको बताउँदै मेयर खडकाले सहयोगी निकायसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । अभिभावक, समाज र सरोरकारवाला निकायको सहयोग विना पालिका एक्लैले बालमैत्री वातावरण निर्माण गर्न  नसक्ने भन्दै यसका लागि सबै तयारी हुनुपर्ने बताउनुभयो ।

न्युसिपीसीका अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास डिभिजन तुलसीपुरका प्रमुख गिरिराज पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, रासस दाङका प्रमुख नारायणी रजौरे, कार्यपालिका सदस्य यमुना परियार, होटल व्यवसायी संघका केन्द्रिय सदस्य नेत्र वली, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य मिना रावत, लगायतले बोल्नु भएको थियो ।

सदस्य दिप्तीशीखा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव नानीमैया केसीले गर्नुभएको थियो । कार्यक्रममा बाल, संरक्षण, बाल बचाउ, बालमैत्री स्थानीय शासन लगायतका विषयमा बालमैत्री विज्ञ दुर्गालाल केसी, माया श्रेष्ठले आ–आफ्नो प्रस्तुती राख्नु भएको थियो । 

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया