सुनको भाउ आज एक हजार सात सय रुपैयाँले बढ्यो

काठमाण्डौ, ८ जेठ । सुनको भाउ आज एक हजार सात सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार सात सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ९० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया