२०८३ बैशाख ११ गते शुक्रवार

सिस्टमले काम गर्ने हो, कुलमानले होइन : तुलसीपुर वितरण प्रमुख महतो

दाङ ३ जेठ । नेपाल विद्युत प्राधिकरण, तुलसीपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङ नभएका कारण विद्युत लाइनमा समस्या आयो भन्ने कुरामा  कुनै सत्यता नभएको स्पष्ट पार्नु भएको छ ।  रेडियो प्रकृति एफएमको चर्चित बहस  बिचारमन्थनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । 

‘कुलमान नहुँदा नै विद्युतमा समस्या आएको जसरी सामाजिक संजालमा कुराहरु आइरहेको छ । तपाईँहरू पत्रकार हुनुहुन्छ । यसमा अध्ययन अनुसन्धान गर्नुपर्यो । वास्तवमा के भएको हो । कुलमान सर गएपनि हाम्रा १० हजार कर्मचारी फिल्डमा खटेका छन् । कुलमान हुँदा पनि काम गर्ने हामी कर्मचारी हौँ । उहाँ हुँदापनि त लाइन गइरहन्थ्यो । लाइन जाँदै नजाने त थिएन । त्यसकारण यसमा सत्यता छैन ।’ प्राधिकरण प्रमुख महतोले भन्नुभयो ।

हावाहुरीका कारण तारहरू सर्ट हुँदा, पोलहरू ढल्दा र ट्रान्समिटर तथा एलटी लाइनमा समस्या आउँदा विद्युत अवरोध हुने गरेको बताउँदै महतोले कुनै एक व्यक्ति हुनु र नहुनुले अर्थ नराख्ने बताउनुभयो ।

‘मानिसको सोचाइ नै भयो की कुलमान सर नहुँदा लाइन गयो । त्यो कुरामा सत्यता छैन । हितेन्द्र सर आउनुभयो अब काम नगरौँ भन्ने हुँदैन ।  सिस्टमले काम गर्ने हो । एमडी फेरिदैमा बर्बाद भयो भन्ने हुँदैन । यो त प्राविधिक कुरा हो ।’ प्रमुख महतोले भन्नुभयो ।

विद्युत लाइन क्लियर गर्दा वा रुखका हाँगाबिँगा काट्दा तथा मर्मत सम्भार गर्ने क्रममा सार्वजनिक सूचना नै जारी गरेर लाइन अवरुद्ध गर्ने गरेको बताउँदै उहाँले यसलाई पनि हितेन्द्र शाक्य आएकै कारण लाइन गयो भन्ने कोणबाट नागरिकले लिने गरेको बताउनुभयो ।

लाइन जानै वित्तिकै हजारौ नागरिकले किन कुलमानलाई सम्झिन् ? भन्ने प्रश्नमा महतोले केभने  ?  सुन्नका लागि तल क्लिक गर्नुहोस 

 

 

 

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया