तुलसीपुर, ३ जेठ । दाङको दंगीशरण–७ को सिम्ठानामा सामुदायीक भवन निर्माण गर्न लागिएको छ । वडा कार्यालयले झण्डै ८ लाख लागतमा निर्माण गर्न लागेको सामुदायीक भवनको आज एक र्काक्रमका बिच वडाअध्यक्ष रेशम वलीले सिलन्यास गर्नुभएको छ । वडाअध्यक्ष वलीका अनुसार भवन निर्माणका लागी यसबर्ष २ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ भने अर्को बर्ष थप रकम बिनियोजन गरिने भएको छ । भवन निर्माणका लागी स्थानिय बिष्णु प्रसाद वशर्माले १ कठ्ठा जग्गा उपलब्ध गराउनुभएको छ । उक्त भवन निर्माणका लागी खुम बहादुर बिसीको अध्यक्षतामा उपभोक्ता समिति पनि गठन गरिएको छ । जसको उपाध्यक्षमा रतुलाल बुढाथोकी, सचिवमा धना वली, कोषाध्यक्षमा भुमला बुढाथोकी, सदस्यहरुमा शुसिला भण्डारी, नेत्र बहादुर रावत र नेव बहादुर वली रहनुभएको छ ।
यसैगरी अनुगमण समितिको संयोजकमा जग्गाधनि बिष्णु प्रसाद शर्मा रहनुभएको छ भने सदस्यहरुमा दुर्गा बहादुर वली र भिमा बुढा रहनुभएको छ । उक्त भवन निर्माण भएपछी विभिन्न किसिमका कार्यक्रमहरु गर्न सहज हुने भएको छ । वडामा एउटा पनि सामुदायीक भवन नहुदा सानो कार्यक्रम अथवा स्वास्थ्यसम्बन्धि शिविर आयोजनाका लागी धेरै समस्या हुने गरेको थियो । सोही समस्यालाई मध्यनजर गर्दै सामुदायीक भवन निर्माणको काम अगाडी बढाइएको वडाअध्यक्ष वलीले बताउनुभयो । भवन निर्माण भएपछी केही कार्यक्रम गर्दा जेठामासमा घाम र बर्खायाममा पानीबाटसमेत बच्न सकिने भएको छ । यसले गर्दा स्थानियहरु पनी खुसी भएका छन् ।।





