२०८३ साउन १२ गते मङ्गलवार

प्रधानमन्त्री ओलीले टरिगाउँ एयरपोर्ट बन्छ भनेपछि, दिपक गिरीले ठोके टेबुल ! 

दाङ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्माले ओलीले संसदलाई सम्बोधन गर्ने क्रममा दाङको टरिगाउँ एयरपोर्ट बन्छ भनेपछि दाङ क्षेत्र नं. ३ बाट निर्वाचित संघिय संसाद दिपक गिरीले खुशीले टेबुल ठोक्नु भएको छ ।  संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो –‘दाङको एयरपोर्टको कुरा भन्नुभएको छ । दाङको घोराही तुलसीपुर बाटोको कुरा गर्नुभएको छ । अरु कुराहरु गर्नुभएको छ । ढुक्क हुनुस् । एयरपोर्ट विस्तार हुनेछ । घोराही तुलसीपुर बाटो पनि गज्जबले बन्नेछ । छिट्टै ।’

दाङका दुई ठूला गौरवका योजना, टरिगाउँ एयरपोर्ट र तुलसीपुर घोराही फोरलेन सडक बन्छ भन्दै संसदमा प्रधानमन्त्री बोलेको यो पहिलो पटक हो । २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टको स्तरवृद्धि नहुँदा नियमित हवाई उडान हुनसकेको छैन  । नेपाल वायुसेवा निगमको १८ सिटे जहाजले कहिले उडान भर्ने र कहिले रद्द गर्ने गरेका कारण हवाई सेवा अनियमित भएको छ ।  ७२ सिटे जहाजले उडान भर्नका लागि धावनमार्ग १९ सय मिटर लम्बाइ हुन आवश्यक छ ।

अहिले साढे ७ सय मिटर मात्रै मैदान कालोपत्रे गरिएको छ । यसका लागि तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीले पनि निरन्तर रुपमा प्रदेश र संघमा डीपीआर झोलामा बोकेर विभिन्न नेताहरूलाई गुहार्दै धाउने गर्नु भएको छ । यसका व्यवस्थापनमा मेयर टिकाराम खड्काले सघाइ राख्नु भएको छ । केही महिना अघि एमाले महासचिव शङ्कर पोखरेल, नेपाली काँग्रेसका नेता तथा सांसद दिपक गिरी लगायतको टोलीले प्रधानमन्त्रीलाई टरिगाउँ एयरपोर्टको विस्तारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको थियो । त्यसैगरी गएको बुधबार मात्रै पूर्व राष्ट्रियसभा सदस्य तथा एमालेकी नेतृ कोमल ओलीले पनि एयरपोर्टका लागि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।

स्वयम् प्रधानमन्त्रीले सडक र एयरपोर्टको विषयलाई लिएर संसदमा सम्बोधन गरेपछि सांसद गिरीले खुशीले टेबुल ठोक्नु भएको छ भने छेउमै बस्नु भएकी दाङ क्षेत्र नं २ की सांसद रेखा शर्मा पनि खुशीले मुस्कुराएको, भिडियोमा देख्न सकिन्छ । दाङ क्षेत्र नं. ३ को प्रतिनिधित्व गर्ने दिपक गिरीलाई  एयरपोर्ट टाउको दुखाइको विषय बनिरहेका बेला प्रधानमन्त्रीको सम्बोधनले राहत मिलेको छ । प्रधानमन्त्री ओलीले संसलाई सम्बोधन गरेको भिडीयो दाङमा भाइरल भएको छ ।

विमानहरू नियमित सञ्चालनमा आउन सकेका छैनन् । तुलसीपुर क्षेत्रका व्यवसायिक सङ्गठननेताहरूले नाभिदेखिको बल लगाए तर अहिले सम्म एयरपोर्टको स्तरवृद्धि हुन सकेको छैन । पहिलो पटक तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा टरिगाउँ एयरपोर्टमा निजी क्षेत्रका विमानले उडान भरेका थिए । त्यसको केही समय पछि २०७४ मा स्थानीय तहको निर्वाचन पछि तुलसीपुर उपमहानगरपालिकाले त्यसको अपनत्व लिएको थियो । मेयर घनश्याम पाडेको पहलमा एयरपोर्टमा इन्धन डिपोको स्थापना, कन्ट्रोरल टावर, टर्मिनल भवन लगायतका संरचनाहरुको निर्माण गरिएको थियो ।  

भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया