प्रथम राष्ट्रिय खोखो प्रतियोगितामा नेपाल आर्मी विजयी

तुलसीपुर, २८ बैशाख । दाङको तुलसीपुरमा जारी प्रथम राष्ट्रिय खुला पुरुष खोखो प्रतियोगितामा नेपाल आर्मी विजयी भएको छ । आर्मीले लुम्बिनी प्रदेशलाई ४ अङ्कले पछि पार्दै प्रथम राष्ट्रिय खुला पुरुष खोको प्रतियोगिताको उपाधि चुमेको हो ।आज बिहान भएको फाइनल खेलमा आर्मीले २० अङ्क प्राप्त गर्दा लुम्बिनीले १६ अङ्क ल्याएर उपविजेता भएको हो ।

त्यसैगरी सुदुरपश्चिमले कर्णालीलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेको छ । खेलको समापन अवसरमा प्रथमलाई ५० हजार र मेडल, दोस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार र मेडल, तेस्रो स्थान हासिल गर्नेलाई १० हजार तथा मेडल प्रदान गरिएको थियो । प्रतियोगिता वैशाख २६ गतेबाट सुरु भएको जिल्ला खोखो संघ दाङका अध्यक्ष बालकृष्ण शाहले जानकारी दिनुभयो । जिल्ला खोखो संघ दाङको आयोजनामा प्रतियोगिता भएको थियो ।

 

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया