दाङ, २५ वैशाख । उपभोक्ताको सक्रियता बिना सामुदायिक वनको संरक्षण गर्न नसकिने एक कार्यक्रमका सहभागीले बताएका छन् । अश्वारा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तुलसीपुर– ८ अश्वारामा भएको सर्वदलीय सर्वपक्षीय बैठकका सहभागीले समितिको एक्लो प्रयासले मात्रै सामुदायिक वनको संरक्षण गर्न नसकिने बताउँदै उपभोक्ताको सक्रिय सहभागिता हुन आवश्यक रहेको बताएका थिए ।
दिगो वन व्यवस्थापन अभियानमा साथ नदिने उपभोक्ता वा टोलको अभिलेख राख्नुपर्ने बताउँदै सहभागीले घाँस, दाउरा, बलाबलीर दार लगायतका वन पैद्धार वितरण गर्दा सक्रिय उपभोक्तालाई प्राथमिकता दिनुपर्ने बताए । वनको संरक्षण नगर्ने उपभोक्तालाई वन पैद्धार उपभोग गर्ने अधिकार नभएको बताउँदै उनिहरुले काम गर्ने र नगर्ने विचको भिन्नता वन समूहले छुट्याउनु पर्ने बताए ।
सोअवसरमा वन समूहका अध्यक्ष हेमा डाँगीले वन संरक्षण र संवर्द्धनका सवालमा गरिने छलफल र बैठकमा टोल विकास संस्थाका प्रतिनिधि र उपभोक्ताको न्युन सहभागिता हुने गरेको बताउँदै चिन्ता व्यक्त गर्नुभयो ।
प्रकृति संरक्षण मञ्च नेपालका अध्यक्ष ओपेन्द्र बस्नेतले सहजिकरण गरेको कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, खानेपानी समिति, वन कार्यालय, विभिन्नन सामाजिक व्यक्तीत्व, लगायतको सहभागिता रहेको वन समूहका सचिव डिलाकुमारी देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका –८ का वडा सदस्य हस्त बहादुर बिक, अश्वारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवहरी भण्डारी, तुलसीपुर सव डिभिजन वनका वरिष्ठ फरेस्टर जय बहादुर डाँगी, समाजसेवी तिलकबहादुर बस्नेत, दीपक शाह, जुद्ध बहादुर खत्री, वनका सल्लाहकार द्धोय टेकनाथ कवर, टोप बहादुर विक, अश्वारा सामुदायिक वन समूहका पूर्व अध्यक्ष सुरमा बस्नेत, गौरी टोल विकास संस्थाका चन्द्र बहादुर बस्नेत, एकता टोल विकास संस्थाका हेमलाल सापकोटा, मायालु टोल विकास संस्थाका राजेश चौधरी, नमूना टोल विकास संस्थाका हस्तबहादुर रसाइली, चेतना टोलका मंगल सिंह रोका, महिला स्वयम्सेविका युवकली भण्डारी लगायतले आआफ्ना भनाई राखेका थिए ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।