२०८३ कार्तिक ८ गते शनिवार

स्वस्थ रहन योग गर्नुपर्नेमा जोड

तुलसीपुर, २२ वैशाख । दाङको तुलसीपुरस्थित अरनिको मैदानमा आजदेखि बृहत योग विज्ञान शिविर सुरु भएको छ । योग शिरिको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले हरेक व्यक्ति स्वस्थ रहन प्रत्येक दिन योग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले योग नगर्दा रोग पालेर बस्नुपर्ने समस्या आउने भएका कारण योग गर्ने बानी सबैको जीवनमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता योग शिविरहरु टोलटोलमा पुगेर नागरिकलाई योगप्रति सचेतना जगाउनु पर्ने बताउनु भयो । सो अवसरमा बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्रीले हरेक दिनको २ घण्टा विहानको समय आफ्नो लागि छुट्याउन सबैलाई आग्रह गर्नु भयो । बाँकी अन्य समय घरपरिवार, काम, साथीभाइका लागि छुट्याउनु पर्ने उहाँको भनाइ थियो । योग नगर्ने हो भने विभिन्न किसिमका रोगहरुले ग्रसित बन्दै जाने भएकाले स्वस्थ रहन योग गर्ने पर्ने समय आएको बताउनु भयो । पतञ्जली योग समिति दाङको आयोजनामा आजदेखि सुरु भएको बृहत योग विज्ञान शिविर तुलसीपुरमा तीन दिन सम्म चल्ने छ ।।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।