यात्रु र सवारीको बढी चाप हुने क्षेत्रमा ट्राफिक लेन व्यवस्थित नुहँदा पैदल यात्रु दुर्घटनामा पर्ने जोखिम समेत हुँदै गएको छ । जेब्रा क्रसिङको चिन्ह नहुँदा कहाँबाट सडक पार गर्ने भन्ने विषयमा अन्यौल हुने गरेको नागरिहकरु बताउँछन् । पैदलयात्रीसँगै सवारी चालकमा जेब्रा क्रसिङका बारेमा आवश्यक ज्ञान नहुँदा पनि दुर्घटनाको जोखिम हुने तुलसीपुर ५ का कल्पना मगरले बताउनुभयो । यति मात्रै नभई जेब्रा क्रसबाट बाटो काट्दा सवारी चालकहरुले व्यवास्ता गर्दा पनि जोखिम मोल्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । जेब्राक्रसिङका बारेमा कतिपय सवारी चालक र पैदल यात्री दुवैलाई ज्ञान नै नहुन सक्छ । सवारी चालकहरु जेब्राक्रसमा पैदल यात्रु हिँडेकै अवस्थामा पनि सिधै कुल्चने गरी आउँदा दुर्घटनाको जोखिम हुने गरेको छ । पैदल यात्रुलाई पनि ट्राफिक नियमका बारेमा आवश्यक जानकारी छैन भने थाहा भएकाहरु पनि जहाँ पायो त्यहीँबाट सडक पार गर्ने परम्पराले तुलसीपुरमा सडक दुर्घटना न्यूनिकरणको विषय चुनौतीपूर्ण बन्दै गएको छ ।
यता तुलसीपुर उपमहानगरपालिकाका बजार व्यवस्थापन समितिका संयोजक विकाश नेपालीले बजार क्षेत्रका जेब्राक्रस मेटिएको र पुन बनाउनु पर्ने भए पनि केही ढिलाई भइरहेको बताउनु भएको छ । तुलसीपुर बजारको ४ किल्ला क्षेत्रभित्र छिटै जेब्राक्रस निर्माण गर्ने योजनामा आफूहरु लागिरहेको उहाँले बताउनु भयो । सबै कुराहरुको अनुकुलता हेरेर जेब्राक्रम निर्माण गरेर सवारी साधन, सवारी चालक र पैदल यात्री सबैलाई सजह बनाउने पक्षमा उपमहानगपालिका लारिपरेको संयोजक नेपालीको भनाई छ । संघ सरकारको जिम्मेवारीमा रहेका सडकहरु सडक डिभिजन, प्रदेशको मातहतमा रहेका सडक प्रदेश सरकार र स्थानीय तहको जिम्मेवारीमा रहेका सडकहरुमा आवश्यकता अनुसार जेब्रा क्रसिङ, लेन मार्किङ, सडक बत्ति लगायतका ट्राफिक संकेत राख्नुपर्ने हुन्छ । तर, नियामक निकाय सडक डिभिजन, प्रदेश सरकार र स्थानिय सरकार नै बेखबर बन्दा सास्ती व्यहोर्नुपर्ने बाध्यता रहेको नागरिकको गुनासो छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।