२०८३ भाद्र १० गते बुधवार

नेपाल सुपर लिगमा लुम्बिनीलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

काठमाण्डौ, ३१ चैत ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएकोे हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोश्रो खेलमा ललितपुरले बुटवललाई २–० गोलले हराएको हो । ललितपुरका लागि अनन्त तामाङ र सन्तोष कार्कीले एक–एक गोल गर्नुभयो । यो जीतसँगै ललितपुर पाँच खेलमा ११ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा बुटवल लुम्बिनी एक अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।

यस्तै हिजै भएको पहिलो खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेलेका छन् । झापाका लागि अर्सिक लजार र पोखराका स्टेफेन बिनङ्गले एक–एक गोल गर्नुभयो । बराबरीसँगे दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । झापा चार खेलमा चार अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित चौथो स्थानमा छ ।।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार
प्रतिक्रिया