२०८३ भाद्र १० गते बुधवार

नेपाल सुपर लिगमा पोखरा र धनगढीको खेल बराबरी

काठमाण्डौ, २८ चैत । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र पोखरा थन्डर्सले गोल रहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । धनगढी तीन खेलबाट ५ अङ्कसहित तेस्रो स्थानमा छ ।

५ खेल खेलेको पोखरा ४ अङ्कसहित पाँचौं स्थानमा छ । तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् । प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया