२०८३ भाद्र १० गते बुधवार

नेपाल सुपर लिगमा धनगढीको विजयी शुरूवात

काठमाडौँ, २० चैत ।  नेपाल सुपर लिग ९एनएसएल० मा साबिक उपविजेता धनगढीले विजयी शुरूवात गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा धनगढीले बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गरेको हो । योसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क जोडेको छ । बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

धनगढीको जीतमा लेबनानी फरवार्ड अहमद हिजाजीले दुई र कृतिशरत्न छुन्जु र सर्जियो बार्बोजुले समान एक गोल गर्नुभयो । तेस्रो संस्करणको एनएसएल फुटबलमा आज ललितपुर सिटी र पोखरा खेल्दैछन् । प्रतियोगितामा सात वटा टोलीसहभागी छन् । लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि चार वटा टोली प्लेअफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार
प्रतिक्रिया