२०८३ भाद्र २५ गते बिहिवार

दाङको दंगीशरणमा अनावश्यक ठाउँमा कल्भर्ट बनाएर लाखौं बजेट झ्वाम पारिदै

तुलसीपुर, १८ चैत ।  दाङको दंगीशरणमा अनावश्यक ठाउँमा कल्भर्ट बनाउन लागिएको भन्दै स्थानियले गुनासो गरेका छन् । दंगीशरण गाउँपालिका–१ स्थित बबई नदि पुल नजिकै आवश्यकता नै नभएको स्थानमा लाखौ रुपैयाँ लगाएर एउटा कल्भर्टको काम सुरु गरिएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । ’जहाँ बाटो नै छैन, खोला नै छैन, पानी पनी नभएको खुल्ला चौर छ, त्यही कल्भर्ट बनाउन लागिएको छ, एकजना स्थानियले भन्नुभयो’,– नजिकै १० मिटर पर अर्को मुख्य बाटो छ । सोही बाटो प्रयोग गर्न सकिन्छ । यो बाटो आवश्यक पर्दैन । यो बजेटले बरु मुख्य बाटोलाई थप राम्रो गराउन सकिन्थ्यो होला, कुनै अध्यन नै नगरी हचुवाको भरमा यस्ता अनावश्यक ठाउँमा बजेट हालेर बालुवामा पानी हाले झै हुने भयो, यो त कसैलाई पनि चित्त बुझेको छैन, जस्तो सुकै लाटो सोझो मान्छेलाई पनी यसले अचम्म लाग्ने अवस्था छ ।’ बाटो, खोला र पानी केही नभएको ठाउँमा कल्भर्ट बनाएर सिमित व्यक्ती र ठेकेदारलाई पोस्ने काम भएको स्थानियहरु बताउछन् । बबई नदि नजिकमा भएकाले नदिजन्य पदार्थ प्रयोग गर्न सहज हुने भएकाले अनावश्यक ठाउँमा कल्भर्ट बनाउन लागिएको उनीहरुको भनाई छ । गाउँपालिकाले एउटा ठेकेदारको सहजताका लागी लाखौ रुपैयाँ बजेटको दुरुपयोग गरेको स्थानियले बताएका छन् । दंगीशरणको वडा नम्बर १ र ४ जोड्ने बबई नदिको पक्की पुल नजिकै मुख्य बाटो छोडेर दक्षीण–पुर्व तर्फको नर्सरीमा उक्त कल्भर्ट बनाउन लागिएको छ ।

दंगीशरण गाउँपालिकाको चालु आर्थीक बर्ष २०८१/०८२ मा बिनियोजन भएको करिब ७० लाख बजेटमार्फत उक्त कल्भर्ट, नालालगाएतको काम भइरहेको छ । भ्याटबाहेक ६० लाखमा टेन्डर आह्वान गरिएकोमा ए.बि.एम. बिल्डर्स तुलसीपुरले ३९ लाखमा ठेक्का पारेर काम गरिएको ठेकेदार अल बहादुर खत्रीले बताउनुभयो । असारमसान्त भित्र काम सक्ने सम्झौता अनुसार अहिले काम भइरहेको भन्दै उहाँले जेठ भित्रै काम सम्पन्न गर्ने बताउनुभयो । यता दंगीशरण गाउँपालिकाका शव–इन्जिनियर भुम प्रसाद बोहोराले भने जनप्रतिनिधिकै सल्लाह अनुसार काम भएको बताउनुभएको छ । आफु कर्मचारी भएकाले जनप्रतिनिधिले जहाँ भन्छन् त्यही काम गर्दै आएको उहाँले बताउनुभयो । यता दंगीशरण–१ का वडाअध्यक्ष रमेश भण्डारीले उक्त स्थानमा कल्भर्ट नबनाउनका लागी धेरै प्रयास गरेपनी आफु असफल भएको बताउनुभयो । सो स्थानमा कल्भर्टको आवश्यकता नभए पनी केही स्थानियले सोही ठाउँमा बनाउनुपर्छ भन्ने अडान नछाडेकाले कल्भर्ट अन्यन्त्र सार्न नसकिएको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।