२०८३ कार्तिक ८ गते शनिवार

 रिटर्नीहरुका साथ उद्यमशीलता महाअभियान

यतिबेला नेपालको अर्थतन्त्र गम्भिर शंकटमा पर्दै गएको छ । हाम्रा दुई छिमेकी देशहरू विश्व अर्थतन्त्रमा को पहिला बन्ने भन्ने प्रतिस्पर्धा गर्दैगर्दा नेपाली अर्थतन्त्र भुकम्प र कोभिड महामारी पश्चात झनझन् शिथिल बन्दै गैरहेको छ । यसले गर्दा स्वदेशमा रोजगारीको अभाव र सम्मानजनक रुपमा गरि खाने पेशा अपनाउन नै कठिन भएर वर्षेनी लाखौ युवाशक्ति पलायन भैरहेका अवस्था छ । रोजगारी र शिक्षाका लागि विदेशिने युवाहरूको संख्या उल्लेख्य मात्रामा रहेको छ । अर्को तर्फ विश्व राजनीतिमा तथाकथित राष्ट्रवाद, सैन्ययुद्ध र व्यापार युद्धले गर्दा तनाव बढ्दै गैरहेको छ ।

अमेरिकामा ट्रम्प शासन सत्तामा आएपछि उनीले चालेको नयाँ कदमले आप्रवासन र व्यापार युद्ध नीतिले अझै कठिन मोड लिने अवस्था देखिन्छ । मध्यपूर्व, युक्रेन, गाजाक्षेत्रमा भइरहेको लडाइ र युद्धहरुले विश्वस्तरमै तनाव सिर्जना मात्र गरेको छैन त्यहाँ गएका लाखौ नेपाली युवाहरू नेपालमा फर्कनु पर्ने स्थिति देखिदैछ । अमेरिकामा कागजपत्र र प्रकृया पुरा नगरी बसेका विदेशी लगायत नेपालीहरूलाई स्वदेश फिर्ता गर्न थालिसकेको छ भने अव त्यता जाने मनस्थिति बनाएकाहरू पनि पक्कै पनि जाने मनस्थितिमा परिवर्तन गरी रहेको हुनुपर्दछ । हाम्रो देशको अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा बिप्रेषण अर्थात रेमिटेन्स हो ।

विश्व आप्रवासनमा देखिँदै गरेको जटिलता, अन्यौलता र समस्याले अब आप्रवासन घर फर्किने संख्या बढ्ने छ । सन १९९० को दशक अघि सुरु भएको नेपालीहरूको विदेश मोह अव उत्कर्षमा पुगेको घटना सुरु भएको छ । नेपालको दुई तिहाइ जनसङ्ख्या केही न केही रुपमा आप्रवासनसंग जोडिएको अवस्था छ भने अब यो सङ्ख्या विदेश जाने भन्दा नेपाल अर्थात स्वदेश फर्कने सङ्ख्या बढ्ने देखिएको छ । अर्थात अव नेपालमा रिर्टनहरुको सङ्ख्या अवश्य बढ्छ ।

अव यसलाई नेपालमा अवसरका रुपमा लिएर रिटर्नहरुको ज्ञान, सीप, अनुभव, पुँजी, इलम र सम्बन्धलाई समृद्ध नेपाल सुखी नेपालीको महान सपना पुरा गर्ने एउटा महत्वपूर्ण रणनीतिका रुपमा लिनु पर्दछ । रिर्टनीहरुमा अनुभव छ । श्रम गर्ने परिश्रम गर्ने बानी छ । केही न केही मात्रामा पुँजी र व्यवस्थापकीय क्षमता छ । रिर्टनीहरुले विभिन्न कम्पनी परियोजनामा काम गर्दा देखेर, गरेर राम्रो अनुभव र सिकाई प्राप्त गरेका छन् ।

केहि न केही पुँजी पनि नेपाल ल्याएका छन् र पठाएका छन् । विदेशमा रहदा विभिन्न लगानीकर्ता, श्रमीक, संस्था, सरकारसंग केही न केहि सम्बन्ध बनाएका छन् । यसलाई नेपाल र नेपालीहरुले ठूला पुँजीका रुपमा लिनु पर्दछ । यसलाई समृद्ध नेपाली सुखी नेपालीको सपना प्राप्त पुरा गर्न परिचालन गुर्नुपर्दछ । नेपालमा रोजगारीको अवसर नहुनु र नेपाली अर्थतन्त्र कमाजोर हुनुको एउटा कारण हामी नेपालीहरुमा उद्यमशीलता को चेत र सोचको विकास नहुनु पनि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र तिव्रतर आर्थिक विकास गरी रोजागरी सिर्जना गर्नका लागि आम नागरिकमा उद्यमशीलता विकास गर्नुपर्ने अहिलेको अनिवार्य आवश्यकता हो ।

तयसैले अहिले सबैको ध्यान उद्यमशीलता विकासमा दिन आवश्यक छ । नेपालमा उद्यमशीलता महाअभियान संचालन गर्न आवश्यकता छ । नेपालमा उद्यमशीलता महाअभियान मूलतः रिटर्नीहरुको सहयोग र सहकार्यमा सरल र छिटो ढंगले गर्न सकिन्छ । यसका लागि रिटर्नीहरुलाई संगठित गर्ने कुरा पहिलो र महत्वपूर्ण छ । रिटर्नी फेडेरेशन नेपाल, रिटर्नी संजाल नेटवर्क जस्ता संस्थाले रिटर्नीहरुलाई संगठित गर्ने कार्यलाई व्यापक रुपमा संचालन गर्नुपर्दछ र यसका लागि सबैले सकारात्मक रुपमा मद्धत र सहयोग गर्नुपर्दछ ।

रिटर्नीहरुलाई आर्थिक सामाजिक, राजनीतिक हरतरहले नेपाली समाजमा पुर्नस्थापना गर्नुपर्दछ र यस्तो कार्यलाई महत्वपूर्णका साथ लिनुपर्दछ । रिटर्नीहरुलाई संगठित गर्दै गर्दा रिटर्नीहरुमा भएको मानविय क्षमता, ज्ञान, सिप, अनुभव र सम्बन्ध र आर्जन गरेको पँुजीलाई पनि एकिृत र संगठित गर्नुपर्दछ । नेपालमा हरेक गाउँबस्तीमा रिटर्नीहरुको साथ नेपाली युवा, किसान र आम समुदायलाई उद्यमी समूह बनाई संगठित गुर्नपर्दछ । युवा, शिक्षक, समाजिक कार्यकर्ता, र रिटर्नीहरुको सहकार्यमा गाउँबस्तीमा जागरण र अव नेपाल मै केहि गरौं, नेपाली सामान र सेवा उपयोग गरौ भन्ने महत्वपूर्ण अभियान संचालन गर्नुपर्दछ ।

श्रम, उत्पादन र सहकार्यको संस्कृति विकास गर्नुपर्दछ । श्रम गर्दा पुँजी, प्रविधि, बजार र अनुभवको काम हुने सक्दछ । यसका लागि एकतावद्ध संगठन र विशिष्ट संगठन निर्माण नै आवश्यक छ । समाजिक र राजनीतिक संगठनसंग संगै आर्थिक संगठनहरु निर्माण पनि आवश्यक छ । रिटर्नी र विभिन्न उद्यमीहरु मिलेर गाउँ टोलस्तरमा उद्यमी समूह निर्माण गर्न आवश्यक छ ।

वडा देखि केन्द्रिय स्तरसम्म रिटर्नी फेडेरेशन, रिटर्नी संजाल र उद्यमीहरुको विशिष्ठ संघसंगठनलाई बलियो बनाउन आवश्यक छ । पुँजी संकल र परिचालन तथा बजार विस्तारका लागि स्थानीय सतरमा विशिष्ट सहकारी संस्थाहरु र राष्ट्रिय तथा प्रदेश स्तरमा लगानी कम्पनी बनाई उद्यमशिलता विकासमा सहकार्य गर्न आवश्यक छ । साथै संघ, प्रदेशर स्थानीय सरकारसंग अनिवार्य रुपमा सहकार्य गर्नुपर्दछ ।

निजी क्षेत्र, बैंक, तथा वित्तिय संस्था, सामुदायिक तथा नागरिक संघ संस्थाहरुसंग पनि मिलेर उद्यमशिलता महाअभियानलाई अगाडि बढाउनु पर्दछ । रिटर्नीहरुलाई यीसबै सरकार, निजी क्षेत्र, संघसंस्थाहरुसंग जोडेर कार्य गर्नुपर्दछ । हरेक नेपाली जनजनमा केहि गरौ भन्ने सोच विकास गर्नका लागि व्यापक रुपले जनस्तरमा उद्यमशिलता शिक्षाको विस्तार र विकास गर्नुपर्दछ । यसका लागि रिटर्नीहरुका साथ नेपालमा उद्यमशिलता महा अभियान संचालन गर्नुपर्दछ ।

यहि उद्यम शिलता महाअभियानले नै समृद्ध नेपाली सुखी नेपालको महान लक्ष पुरा गर्न मद्धत गर्दछ । यहि उद्यम शिलता महाअभियानबाट देश र जनतालाई गरिबीबाट मुक्त गर्न सकिन्छ । यहि उद्यमशिलताको महा अभिायनबाट स्थानीय हरित अर्थतन्त्र विकास गर्न सकिन्छ । उद्यमशिलता महाअभियानका माध्यमबाट स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिन्छ । त्यसैले रिटर्नीसँग संगै सबैले हातेमालो गरेर नेपालमा उद्यमशिलता महाअभियान संचालन गरी उद्यमशिलताको सोच, चेत, जागर र जागरणको विकास गरौं । यसैले नै सबैको भलो गर्दछ । धन्यवाद ।

रिटर्नीहरुलाई आर्थिक सामाजिक, राजनीतिक हरतरहले नेपाली समाजमा पुनर्स्थापना गर्नुपर्दछ र यस्तो कार्यलाई महत्वपूर्णका साथ लिनुपर्दछ । रिटर्नीहरुलाई सङ्गठित गर्दै गर्दा रिटर्नीहरुमा भएको मानवीय क्षमता, ज्ञान, सीप, अनुभव र सम्बन्ध र आर्जन गरेको पुँजीलाई पनि एकिकृत र सङ्गठित गर्नुपर्दछ । नेपालमा हरेक गाउँबस्तीमा रिटर्नीहरुको साथ नेपाली युवा, किसान र आम समुदायलाई उद्यमी समूह बनाई सङ्गठित गर्नुपर्दछ । युवा, शिक्षक, समाजिक कार्यकर्ता, र रिटर्नीहरुको सहकार्यमा गाउँबस्तीमा जागरण र अव नेपाल मै केही गरौं, नेपाली सामान र सेवा उपयोग गरौ भन्ने महत्वपूर्ण अभियान सञ्चालन गर्नुपर्दछ ।

श्रम, उत्पादन र सहकार्यको संस्कृति विकास गर्नुपर्दछ । श्रम गर्दा पुँजी, प्रविधि, बजार र अनुभवको काम हुने सक्दछ । यसका लागि एकतावद्ध संगठन र विशिष्ट संगठन निर्माण नै आवश्यक छ । समाजिक र राजनीतिक संठनसंग सँगै आर्थिक सङ्गठनहरू निर्माण पनि आवश्यक छ । रिटर्नी र विभिन्न उद्यमीहरु मिलेर गाउँ टोलस्तरमा उद्यमी समूह निर्माण गर्न आवश्यक छ ।

वडा देखि केन्द्रिय स्तरसम्म रिटर्नी फेडेरेशन, रिटर्नी संजाल र उद्यमीहरूको विशिष्ट संघसंगठनलाई बलियो बनाउन आवश्यक छ । पुँजी संकल र परिचालन तथा बजार विस्तारका लागि स्थानीय सतरमा विशिष्ट सहकारी संस्थाहरू र राष्ट्रिय तथा प्रदेश स्तरमा लगानी कम्पनी बनाई उद्यमशीलता विकासमा सहकार्य गर्न आवश्यक छ । साथै संघ, प्रदेश र स्थानीय सरकारसँग अनिवार्य रुपमा सहकार्य गर्नुपर्दछ ।

निजी क्षेत्र, बैंक, तथा वित्तिय संस्था, सामुदायिक तथा नागरिक संघ संस्थाहरूसँग पनि मिलेर उद्यमशीलता महाअभियानलाई अगाडि बढाउनु पर्दछ । रिटर्नीहरुलाई यी सबै सरकार, निजी क्षेत्र, सङ्घसंस्थाहरूसँग जोडेर कार्य गर्नुपर्दछ । हरेक नेपाली जनजनमा केही गरौँ भन्ने सोच विकास गर्नका लागि व्यापक रुपले जनस्तरमा उद्यमशीलता शिक्षाको विस्तार र विकास गर्नुपर्दछ । यसका लागि रिटर्नीहरुका साथ नेपालमा उद्यमशीलता महा अभियान सञ्चालन गर्नुपर्दछ ।

यही उद्यमशीलता महाअभियानले नै समृद्ध नेपाली सुखी नेपालको महान लक्ष पुरा गर्न मद्दत गर्दछ । यही उद्यमशीलता महाअभियानबाट देश र जनतालाई गरिबीबाट मुक्त गर्न सकिन्छ । यही उद्यमशीलताको महा अभियानबाट स्थानीय हरित अर्थतन्त्र विकास गर्न सकिन्छ । उद्यमशीलता महाअभियानका माध्यमबाट स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिन्छ । त्यसैले रिटर्नीसँग सँगै सबैले हातेमालो गरेर नेपालमा उद्यमशीलता महाअभियान सञ्चालन गरी उद्यमशीलताको सोच, चेत, जाँगर र जागरणको विकास गरौँ । यसैले नै सबैको भलो गर्दछ । धन्यवाद ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।