२०८३ कार्तिक ८ गते शनिवार

तुलसीपुर खानेपानीको निर्वाचन सरगर्मी बढ्यो

तुलसीपुर, २६ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनको सरगर्मी बढेको छ । अव निर्वाचन हुने दिन आउन ६  दिन मात्रै बाँकी छ । उमेद्धारहरु आफ्नो पक्षमा मत पार्नका लागि उपभोक्ताको घरदैलोमा पुगेर भेटघाट गर्ने क्रम पनि झनझन बढ्दै गएको उमेद्धारहरु बताउँछन् । अरु बेला दिउँसै बन्द हुने खानेपानीको कार्यालयमा समेत हिजो आज साँझ अबेरसम्म पनि मानिसहरुको चहलपहल हुने गर्दछ । उमेद्धारी दिएका उमेद्धारहरुको सबै प्यानलले खानेपानीको कार्यालय अगाडि सम्पर्क कार्यालय समेत स्थापना गरेका छन् । जहाँ भेटघाट गर्न, कुराकानी गर्न सजिलो हुने गर्दछ ।

खानेपानीको कार्यालय अगाडि दक्षिणतिर संयुक्त लोकतान्त्रिक प्यानल नेकपा एमालेको सम्पर्क कार्यालय स्थापना गरिएको छ भने त्योसँगै सटेको अर्को टेण्टमा नेपाली काँग्रेसको सम्पर्क कार्यालय रहेको छ । यस्तै खानेपानी कार्यालयदेखि उत्तरतिर रहेको नेपाल दुरसञ्चार कार्यालयको ठिक अगाडि सात दलिय साझा प्यालनको सम्पर्क कार्यालय स्थापना गरिएको छ । जुन सम्पर्क कार्यालयहरुमा विहानैदेखि साँझसम्म चहलपहल हुने गर्दछ । यसले पनि के संकेत गर्दछ भने तुलसीपुर खानेपानीको निर्वाचनको तयारी भव्य रुपमा प्रतिस्पर्धात्मक तरिकाले भइरहेको छ । थाहा छ्रैन कुन प्यानलले जित हात पार्ने हो, तर जस्ले जिते पनि कुनै पनि नागरिक खानेपानीबाट वञ्चित हुनुपर्ने छैन भन्ने अपेक्षा आम उपभोक्ताले गरिरहेका छन् ।

अव त गर्मी समय पनि आउँदैछ । जुन समयमा महिनौ दिनसम्म खानेपानीको समस्या भोगिरहेका ईश्वर सरहका उपभोक्ताले काम गर्ने उमेद्धारलाई चयन गर्नेछन् र विजयी बनाउने छन् भने खानेपानीबाट कोही पनि नागरिक वञ्चित हुने छैनन् भन्ने जिम्मेवारी अवको आउने नेतृत्वले लिनुपर्नेछ । हिजोसम्म चुनाव चिन्ह विना नै उपभोक्ताको घरमा भोट माग्नका लागि जाँदा उपभोक्ताले चुनाव चिन्ह सहित आएको भए अझ राम्रो हुने थियो भन्ने गरेको सचिव पदका उमेद्धार भूवन भूषालले बताउनुभयो । संयुक्त लोकतान्त्रिक प्यानल नेकपा एकालेको तर्फबाट उमेद्धारी दिएका भूषालले उपभोक्ताहरुको घरदैलोमा अव उमेद्धारहरु चुनाव चिन्ह सहित जाने बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।