२०८३ भाद्र ११ गते बिहिवार

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग खेल्दै

काठमाण्डौ, २६ फागुन ।  वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् । खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुनेछ । यसअघि हिजोको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै अस्ति भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

युगान्डाले हङकङलाई हराएको थियो । शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन् । सबै टोलीले एक–अर्कासँग समान दुईदुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया