तुलसीपुर, १९ फागुन । प्रेस चौतारी दाङका जिल्ला कमिटि सदस्य सुशील परियारमाथि भएको आक्रमणप्रति प्रेस चौतारी दाङले गम्धीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालले एक प्रेस विज्ञप्ती जारी गर्दै परियारमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्ती जारी गर्नु भएको हो ।
सनिबार साझँ ७ वजेको समयमा बंगलाचुलीबाट घोराहीतर्फ आउने क्रममा चार जनाको अज्ञात समुहले बाटो छेकेर परियारलाई आक्रमण गरेको थियो । ‘स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो र पत्रकारहरुले आफ्नो कर्तव्य निर्वाध रुपमा गर्न पाउने अभिकार सुनिश्चित गर्नु सम्पूर्ण राज्य पक्षको दायित्व हो । दयस किसिमका घटनाले प्रेस स्वतन्त्रता र नागरिक अधिकार माथि खतरा उत्पन्न गर्ने भएकाले दोषीलाई यथाशिघ्र पहिचार गरी कानुनी कारवाही गर्न माग गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ ।
साथै भविष्यमा यस्ता घटनाहरु दोहोरिन नदिने वातावरण सिर्जन गर्न पनि आग्रह विज्ञप्तीमार्फत गरिएको छ । यस घटनालाई उपेक्षा नगरी घटनामा संलग्न दोषीलाई पत्ता लगाइ नियमानुसार कारवाही गर्न प्रेस चौतारी दाङले माग गरेको छ ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।