तुलसीपुर, १६ फागुन । दाङको तुलसीपुर–३ गहतेमा सवदाह गृह निर्माण गर्न थालिएको छ । परम्परा टेलिसिरियलको टिमले सहयोग संकलन गरेर तुलसीपुर–३ को गहतेखोलास्थित त्रिवेणी घाटमा सवदाह गृह निर्माण गर्न लागेको हो । देश बिदेशमा रहेका सहयोगी दाताहरुबाट सहयोग रकम संकलन गरेर सवदाह गृह निर्माणको काम अगाडी बढाएको टेलिसिरियलका अध्यक्ष सुशान्त मल्लले जानकारी दिनुभयो । अहिलेसम्म २ लाख रुपैयाँ सहयोग संकलन भइसकेको भन्दै उहाँले सवदाह गृह निर्माणका लागी झण्डै १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनुभयो ।
अहिलेसम्म ४० प्रतिशत निर्माणको काम सम्पन्न भएको उहाँको भनाई छ । उक्त स्थानमा सवदाह गृहको आवश्यकता भएपनि स्थानिय सरकारले कुनै चासो नदेखाएपछी आफ्नो टिम शवदाह गृह निर्माणमा अगाडी सरेको अध्यक्ष मल्लले बताउनुभयो । शवदाह गृह निर्माणमा स्थानियहरुले पनि श्रमदान गरिरहेका छन् । सो स्थानमा शवदाह गृह नहुदा विशेषगरी बर्खाको समयमा शव जलाउदा खेरी शव खोलाले बगाएर लग्ने समस्या थियो । उक्त स्थानमा शवदाह गृह निर्माण भएसँगै अब तुलसीपुरका ३ र ८ नम्बर वडाका स्थानियहरुलाई सहज हुने भएको छ ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।