एक्कासौं शताब्दीको वसन्त मनमा उत्साह जाग्दैछ
साधना गर्नेलाई स्वागत छ सधैं पुकार यहीँआउँदैछ
शताब्दीले रचनात्मक सिर्जनात्मक विश्व बन्नेछ
साधनाले नेपाल आमा अब दुर्व्यसन मुक्त हुँनेछ
प्रकृति पर्यावरण संग सबैको प्रेम सद्भाव बढ्नेछ
धर्तीको संरक्षणमा अब साधक अगाडि बढ्नेछ
स्वस्थ नेपाल हुनेछ हाम्रो जल जीवनले हरियाली
संस्कारित स्वच्छ समृद्ध जागरण आउँदै खुसियाली
संस्कार सोह्रै व्यावहारिक बनाउन लाग्दै युवा पिढी
शताब्दी अब चढ्दैछ सत्य युगको प्रगतिशील सिढी
नारीको गरिमा बढ्नेछ पवित्र गंगा स्वच्छता हुनेछ
धर्ती हुनेछन् हरियाली जननीको सदिच्छा पुर्ण हुनेछ
राष्ट्रभक जिम्मेवार नागरिक वीर विश्वमा कहलिनेछ
साधना लाई स्वागत गर्दै चारैतिर शंखनाद हुनेछ
छड्म भेषी भ्रष्ट आतंककारी सबैको अन्त्य हुनेछ
गुमेको वैभव सम्पत्ति दुरदर्शिताले पुनः फर्किनेछ
स्वर्गद्वारी बगारबाबा लुम्बिनी पशुपति सगरमाथा
साधनाले मात्र उजागर हुनेछन् स्वर्गसरी बिरगाथा ।।



