
तुलसीपुर, १ फागुन । दाङको तुलसीपुरमा मापसे गरेर हिडिरहेको अवस्थामा लडेर एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–४ बनहरी निवासी ५० बर्षीय छबिलाल चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मादक पदार्थ सेवन गरेर गाउँबाट घरतर्फ जाने क्रममा हिजो राती साढे ८ बजेको समयमा घर नजिकै बाटोमा लडेर चौधरी घाइते हुनुभएको हो । घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नर्सीङहोम नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । चौधरीको टाउको, नाक र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार