
तुलसीपुर, २२ माघ । भूमिहिन समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतले तुलसीपुरमा जारी सर्वाधिक राशीको अन्तर वडा स्तरिय रनिङ शिल्ड प्रतियोगिता दाङका लागि गौरबको विषय भएको बताउनु भएको छ । प्रतियोगिताको चौथो दिनको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले विभिन्न समयमा गरिने खेलकुद कार्यक्रमहरुले लुकेर रहेका प्रतिभाहरुको प्रष्फुटन हुने र खेल क्षेत्रमा युवाहरुको आकषर्ण बढाउनका लागि सहोग पु्¥याउने बताउन्ुभयो ।
अरनिको मैदानमा खेलिरहेका खेलाडीले भोलिका दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफुलाई स्थापित गराउन सक्ने बताउँदै बस्नेतले खेलकुद क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–६ नम्बर वडा अध्यक्ष दुजमान भण्डारी(वर्षात) को अध्यक्षतामा जारी प्रतियोगितामा रेडियो प्रकृति एफएमका अध्यक्ष नारायण खनाल, तुलसीपुर चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य टोपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–१७ का वडा अध्यक्ष थलराज पुुरी, तुलसीपुर उपमहानगरपालिका–५ का वडा सदस्य युवराज नेपाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
आजको पहिलो खेल तुलसीपुर उपमहानगरपालिका–५ र १७ नम्बर वडाका खेलाडीहरु बीचमा भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–६ नम्बर वडाको आयोजनामा जारी सर्वाधिक राशीको अन्तर वडा स्तरिय रनिङ शिल्ड प्रतियोगितामा १६ वडाका ३ सय ६० जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ६६ हजार ६ सय ६ रुपैयाँ र दास्रो हुने टिमलाई एक लाख ६६ हजार ६ सय ६ रुपैयाँ र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।