गुरुकुलकी गरिमा चौधरी, दौड र लङजम्पमा प्रथम 

घोराही २० माघ । घोराही उपमहानगरपालिकाद्वारा आयोजित १७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गुरुकुल एकेडेमीकी छात्रा गरीमा चौधरीले दौड र लङजम्पमा प्रथम स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन देखाउँदै २ वटा गोल्ड मेडल र १ वटा सिल्भर मेडल हात पार्न सफल हुनुभएको छ ।

मावि रामपुरमा भएको प्रतियोगितामा गरीमाले २०० मिटर दौडमा पहिलो स्थान हासिल गर्दै गोल्ड मेडल र लङ्जम्पमा पनि पहिलो स्थान प्राप्त गरी अर्को गोल्ड मेडल र १०० मिटर दौडमा दोस्रो स्थान हासिल गर्दै सिल्भर मेडल हात पार्न सफल हुनुभएको हो । 

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया