२०८३ भाद्र ११ गते बिहिवार

उरहरी माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा 

तुलसीपुर, १४ माघ ।  नगर स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको आयोजक तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । प्रतियोगिता अमर माध्यामिक विद्यालय उरहरी दाङमा भोलिदेखि सुरु हुने छ । नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४४ वटा विद्यालयका १३ सय ६० जना खेलाडीले भाग लिदैछन् । प्रतियोगिता अवधिभर भलिबल, कपर्दी, दौड, कराँते, हाइजम्प, जमजम, सटफुट लगायतका खेलहरू हुनेछन् । 

४२ वर्षपछि  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएपछि स्थानीयमा खुशियालीमा छाएको तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले बताउनुभो । यस अघि २०३९ सालमा विद्यालयमा पहिलोपटक टुर्नामेन्ट भएको थियो ।  आवासीय सहित आयोजना गरिएको प्रतियोगितामा दैनिक २ हजार जनालाई स्थानीयले नै साँझ र बिहान खानाको व्यवस्था गर्नेछन् । त्यसका लागि दाल, चामल, तरकारी, नुन तेलको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । तुलसीपुर उपमहानगरको आयोजनामा तथा अमर माविको व्यवस्थापनमा हुन लागेको  प्रतियोगितामा जनस्तरबाट यति ठूलो सहयोग नगरमै पहिलो भएको तुलसीपुर –११ का वडा अध्यक्ष समेत रहनुभएका रावतले बताउनुभयो ।

बिहान ११ बजे देखि सुरु हुने प्रतियोगिताको उद्‌घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको पूर्व सन्ध्यामा उरहरी स्कुल दुलही झै सिँगारिएको छ । उरहरीका चोक चोकमा स्वागत गेट, सरसफाइध्वजापताङले सिँगारिएको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिनुभयो । कार्यक्रमको उद्‌घाटन सत्रमा प्रहरीबाट मार्चपास गरिने छ भने  विभिन्न जातजाति, भेषभुषा झल्किने सांस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले बताएको छ । 

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया