२०८३ मङ्सिर ९ गते बुधवार

नेपाल मानव धर्म सेवा समिति तुलसीपुर शाखाद्वारा शैक्षिक सामाग्री वितरण

तुलसीपुर,१३ माघ । नेपाल मानव धर्म सेवा समिति तुलसीपुर शाखाद्वारा दाङको तुलसीपुर उपमहानगरपालिका–१८ हस्नापुरमा रहेको श्री नेत्रलाल प्राथमिक विद्यायलमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । समितिका युवा समुहको नेतृत्वमा विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न परिवारका करिव ५० जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा वोल्दै  विद्यालयका प्रधानाध्यापक शेर वहादुर खड्काले गरिव, विपन्न तथा विभिन्न कारणले विद्यालयमा विद्यार्थीहरुको उपस्थिति घट्दो रहेको र विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि आर्थिक अवस्था कम्जोर भएकाले शैक्षिक सामाग्री वितरण कार्यले विद्यार्थीहरुमा नियमित विद्यालय आउने वातावरण वन्ने बताउनुभयो ।

सो अवसरमा वोल्दै नेपाल मानव धर्म सेवा समिति राप्ति भेरी क्षेत्रका प्रचारिका सन्त–महात्मा चन्द्रकान्ता वाईजी र सन्त–महात्मा वैरागीनी वाईजीले विद्यार्थीहरुलाई विद्यालय तहबाटै सिकाउनुपर्ने नैतिक शिक्षा हराउन थालिसकेकाले अवका वालवालिकाहरुका लागि नैतिक शिक्षा अति आवश्यक रहेको वताउनुभयो । यस्तै भौतिक शिक्षाले वाँच्न सक्ने कला सिके पनि जिवन जिउन सक्ने कलाका लागी आध्यत्मिक शिक्षाको नै आवश्यक पर्ने भएकाले यस तर्फ अभिभावक तथा शिक्षकहरुले सोच्ने वेला आएको बताउनुभयो ।


नेपाल मानव धर्म सेवा समितिले शिक्षित वालवालिका, शिक्षित राष्ट्र भन्ने मुल नारासहित देशभर नै “शिक्षा अभियान” कार्यक्रम अन्र्तगत विपन्न, गरिव तथा असाहय वालवालिका अध्ययनरत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्दै आईरहेको छ भने विभिन्न सामाजिक कार्यसँगै आध्यात्मिक प्रवचन तथा प्रचारको कार्य पनि गरिरहेको छ ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमाया राना, तुलसीपुर उपमहानगरपालिका वडा नंं. १८ का वडा सदस्य धन वहादुर वस्नेत, पटञ्जली योग समिति तुलसीपुरका योग गुरु लोकेन्द्र वैरागी संस्कार पाठशालाका शिक्षक जगन्नाथ अधिकारी अभिभावक लगाएतको उपस्थिति रहेको थियो । संस्थाका वारेमा सचिव चन्द्र वहादुर वलीले जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्था मिडिया संयोजक प्रेमकुमारी मगरले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।