शैक्षिक सामाग्री पाएपछि विद्यार्थी भए खुशी

तुलसीपुर, ९,माघ ।  दाङको तुलसीपुर उपमहानगरपालिका ५, गैरापातुमा रहेको श्री जनश्रम प्राथमिक विद्यालयका वालवालिकाहरु शैक्षिक सामाग्री पाएपछि खुशी भएका छन् । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले उक्त विद्यालयमा अध्ययनरत ९७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेपछि विद्यार्थीहरु खुशी भएका हुन् ।


सो अवसरमा उपमेयर चौधरीले भन्नुभयो –“म पनि सानो हुँदा यसै गरी कापी कलम पाउँदा धेरै खुशी हुन्थे र अझै स्कुल गईरहन मन लाग्थ्यो, पछि ठूलो भएर मैले पनि यसैगरी गरिव वालवालिकाहरु पढ्ने स्कुलमा कापीकलम बाँडछु भन्ने सोचिरहन्थे” । यस्तै उपमेयर चौधरीले विद्यार्थीहरुको पढाई प्रतिको हौसला बढाउन र निरन्तर विद्यालय आउने वातावरण सिर्जना गर्नका लागी शैक्षिक सामाग्री वितरण कार्यक्रमले थोरै भएपनि सहयोग पुग्ने बताउँदै वालवालिकाहरुको पठनपाठनप्रति विशेष दिन पनि शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो ।


यस्तै विद्यालयका प्रधानाअध्यापक शुशिला भट्टराई, वि.व्य.स.अध्यक्ष प्रेम बहादुर खत्रीले विद्यालयललाई फर्निचरको आवश्यक परेकाले स्थानीय सरकारले सहयोग गर्न पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया