दंगीशरण–६ को भानु माविका विद्यार्थीलाई वडाले दियो निशुल्क पोशाक

तुलसीपुर, ८ माघ ।  दाङको दंगीशरण–६ मा रहेको भानु माध्यामिक विद्यालय प्रशड्डुवाका विद्यार्थीलाई  निशुल्क पोशाक वितरण गरिएको छ । वडा कार्यालयको आर्थीक बर्ष २०८१/०८२ को बजेटबाट शिक्षातर्फ विनियोजित २ लाख रुपैयाँ मध्य १ लाख बराबरको विद्यालय तथा खेलखुद पोशाक वितरण गरिएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार वडासदस्य उर्मिला परियारको प्रमुख आथित्यतामा हिजो सोमबार एक कार्यक्रमकाबिच उक्त सामाग्री वितरण गरिएको हो ।

विद्यालयमा कक्षा १ देखी ९ सम्म अध्यनरत विद्यार्थीहरुलाई ८४ सेट विद्यालय पोशाक, २५ सेट खेलखुद पोशाक र १८ सेट स्काउट पोशाक गरी जम्मा १२७ सेट पोशाक वितरण गरिएको वडाअध्यक्ष शाहले बताउनुभयो । वडाले गत बर्ष पनि भानु माविका ८८ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको थियो । गतबर्ष नपुगेका विद्यार्थीहरुलाई यसबर्ष समेटिएको विद्यालयका प्रधानाध्यापक महेन्द्र केसीले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया