महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं, २१ पौष । नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गरेको छ । मलेसियामा यही जनवरी १८ अर्थात आउँदो माघ ५ गतेदेखि शुरु हुने प्रतियोगिताका लागि क्यानले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । उपकप्तानमा सोनी पाख्रिन छन् । गएको नोभेम्बरमा यूएईमा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप एशिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक १९ वर्षमुनिको महिला विश्वकपकमा छनोट भएको थियो ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित १६ देशको सहभागिता छ । नेपाल समूह ‘डी’ मा छ । यस समूहमा अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग, दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ । चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया