२०८३ भाद्र १२ गते शुक्रवार

ज्ञान ज्योति लिटिल स्टार च्याम्पियनसिप आजबाट सुरु

मंसिर २०, ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयहरूको सहभागितामा बेल्झुण्डी रङ्गशालामा आज बाट लिटिल स्टार च्याम्पियनसिप सिजन–२ सुरु भएको छ । ज्ञान ज्योति फाउन्डेसनका अध्यक्ष टिका बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा तुल्सीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मन बहादुर खड्काको प्रमुख आतिथ्यता तथा ज्ञान ज्योति फाउन्डेसनका सिइओ सुरेन्द्र जिसी र संस्कार पाठशाला दाङका म्यानेजिङ डाइरेक्टर दीप बस्नेतको विशिष्ट आतिथ्यताका साथै सहभागी नौ वटा विद्यालयका प्रिन्सिपलको आतिथ्यतामा आजदेखि दुई दिनसम्म सञ्चालन हुने गरी लिटिल स्टार च्याम्पियनसिप सिजन– २ को उद्घाटन गरिएको छ ।

फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयमा अध्ययन गर्ने कक्षा युकेजीका ६६८ छात्र छात्राहरुले प्रतियोगितामा सहभागी जनाउने छन् । विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई शारीरिक मानसिक र नैतिक विकासका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक राकेश डाँगीले जानकारी दिनुभयो । कार्यक्रममा जुम्बा, योग, सूर्य नमस्कार, नृत्य, पि.टि, मार्च पास्टका साथै २४ वटा विविध खेलको आयोजना गरिनेछ । उद्घाटन कार्यक्रमको सञ्चालन सरिता खनाल र रितु जिसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया