दाङ डान्स च्याम्पेनसिपमा तृतिय हुने भानु माविकी छात्रालाई वडाले सम्मान गर्यो

तुलसीपुर, १९ मंसिर ।  दाङ डान्स च्याम्पेनसिपमा तृतिय हुने दंगीशरण–६ को भानु माद्यामिक विद्यालयकी एक छात्रालाई वडाले सम्मान गरेको छ । के.आई.ए. मिडिया हाउस प्रा.लि. को आयोजनामा गत भदौ १ गतेदेखी यही मंसिर १५ गतेसम्म भएको दाङ डान्स च्याम्पेनसिपमा सहभागी भएर तृतिय स्थान हासिल गर्न सफल भएकोमा भानु मावि कक्षा ९ मा अध्यनरत झरना परियारलाई दंगीशरणको ६ नम्बर वडा र विद्यालयको तर्फबाट सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाअध्यक्ष रोशनजङ शाहले जानकारी दिनुभयो ।

दंगीशरण–६ को प्रशड्डुवामा अवस्थित भानु माविमा पढ्दै आएकी झरना परियारले गरेको कृयाकलापको उच्च मुल्याङ्कन गर्दै वडाले उनलाई सम्मानपत्रसहित सम्मान गरेको उहाँले बताउनुभयो । वडाअध्यक्ष शाहका अनुसार आफ्नो वडाका बालबालिकालाई विभिन्न कृयाकलापका सहभागी भई अग्र स्थान हासिल गर्न थप मनोबल बढाउने उदेश्यले आज विद्यालयमा एक कार्याक्रमको आयोजना गरी उनलाई सम्मान गरिएको हो ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया