काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले काठमाण्डौ गुर्खाजसँग खेल्दैछ । आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै छन् ।
यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग र काठमाण्डौ चितवन राइनोजसँग पराजित भएका थिए । यस्तै विराटनगरले अहिलेसम्म खेलेका दुईवटै खेल हारेको छ भने लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।।
प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार





