२०८३ भाद्र २५ गते बिहिवार

दाङको मलईमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा

तुलसीपुर, १० मंसिर ।  दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ को मलईमा नेपाल टेलिकमको टावर निर्माण कार्य अन्तिम चरणमा पुगको छ । त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता छ । टावर बनेपछि त्यो समस्या हटेर जाने स्थानियको अपेक्षा रहेको छ । सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ ।

उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको र आगामी वैशाखदेखि सुचारु गर्ने तयारी भइरहेको बबई–७ का वडाअध्यक्ष तिलकराम भण्डारीले जानकारी दिनुभयो । मलईको मुख्य समस्या भनेको फोन नलाग्ने समस्या रहेको भन्दै उहाँले टावर निर्माण भएपछी यो समस्या समाधान हुने बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।