२०८३ भाद्र ११ गते बिहिवार

सल्यानको लेखपोखरामा चौथो वडा अध्यक्षकप सुरु हुँदै

सल्यान, ११ कात्तिक ।  सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा सोमबारदेखी चौंथो वडा अध्यक्ष कप सुरु हुने भएको छ । दुई दिनसम्म संचालन हुने वडा अध्यक्षकप खेलकुद प्रतियोगिता सोमबार बिहान ११ः३० बजेतिर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । लेखपोखराको गरिपारेमा संचालन हुने यस प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्नु र खेलकुदको माध्यमबाट वडावासीबीच एकता र सद्भावको भावना बढाउनु रहेको वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिनुभयो । वडा कार्यालयले व्यवस्थित रुपले वडा अध्यक्ष कप सम्पन्न गर्नका लागि खेलकुद सहजीकरण समित पनि गठन गरिएको जनाएको छ ।

भलिवल लगायतका खेलकुद र अन्य विभिन्न प्रतियोगिता समावेश गरिएको जनाउदै ५ नम्बर वडा कार्यालयले सो अवसरमा मौलिकता र वडाभित्रको प्रतिभा झल्कने विभिन्न सांस्कृतिक प्रस्तुती पनि रहने जनाएको छ । वडा अध्यक्ष कपले वडास्तरमा खेलकुदको विकासमा नयाँ आयाम थप्ने र यसले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने तथा समाजमा सकारात्मक ऊर्जा फैलाउने अपेक्षा गरिएको वडा अध्यक्ष बस्नेतको भनाइ छ । वडा कार्यालयले सम्पूर्ण वडावासीलाई यस कार्यक्रमको महत्वलाई बुझेर समयमै उपस्थित भई प्रतियोगितालाई सफल बनाउन अनुरोध गरेको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया