२०८३ भाद्र १२ गते शुक्रवार

एशियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै

काठमाण्डौं, ९ कात्तिक ।  एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दैछ । कतारको घरेलु मैदान दोहाको एसपायर एकेडेमी पिचमा हुने यो खेल नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा साविक विजेता जापानसँग ९–२ गोलले पराजित भएको थियो । समूह ‘एफ’ मा नेपाल रहेको टोलीमा जापानसँगै, कतार, र मङ्गोलिया छन् । नेपालले पर्सि आइतवार मङ्गोलियासँग खेल्नेछ ।।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया