२०८३ भाद्र १२ गते शुक्रवार

महिला च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिम घोषणा

काठमाडौं, २८ असोज ।  घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको लागि आज २३ सदस्यीय नेपाली टिमको घोषणा गर्नुभएको हो । गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा टिम घोषणा भएको हो । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करण आउँदो बिहीबारदेखि कात्तिक १४ गतेसम्म नेपालमा हुँदैछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । प्रतियोगिताको यस संस्करणमा नेपालसँगै साविक विजेता बङ्गलादेश, भारत, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलङ्का गरी दक्षिण एसियाका सात टिमको सहभागिता रहनेछ ।।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार
प्रतिक्रिया