तुलसीपुर,२६ जेठ ।
तुलसीपुरमा बृहत शाहित्यीक महोत्सव शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव भोली सम्म चल्ने छ । कार्यक्रम संयोजक देबराज विश्वकर्माको अध्यक्षता तथा बरिष्ठ शाहित्यकार नारायणप्रशाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अबशरमा प्रमुख अतिथि शर्माले पुरानो शाहित्य र नयाँ शाहित्यमा निकै परिबर्तन भएको बताए । उनले शाहित्यलाई अब समृद्धिसंग जोड्न सकिने समेत बताए । त्यस अबशरमा राप्ती शाहित्य परिषदका अध्यक्ष पुरुषोतम खनाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनलगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शाहित्य नै समृद्धिको आधार भएकाले साहित्य क्षेत्रलाई अगाडि बढाउन कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रमको सहजीकरण शाहित्यकार बसन्त विवस आचार्यले गरेका थिए । कार्यक्रमको उद्घाटन पश्चात अबको बिकास , अक्षरमा दुःख , आजको नेपाली कबिता शिर्षकमा बहस तथा अन्तरक्रिया भएको थियो ।
आजको बिकासमा प्रदेश नंबर ५ का योजना आयोगका प्रमुख रमेश अधिकारी, बिश्लेषक हरि रोका, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे बक्ताको रुपमा रहेका थिए भने सहजीकरण पत्रकार बसन्त बस्नेतले गरेका थिए । त्यस अबशरमा बक्ताहरुले स्थानीय सरकारले पाउनु पर्ने अधिकार केन्द्रले उपलब्ध गराएमा बिकास निर्माणले तिब्रता पाउने बताएका थिए ।
अब राजनीतिक लडाई सकिएको भन्दै समृद्धि र बिकासको युग शुरुभएको बक्ताहरुको भनाई थियो । त्यस्तै अक्षरमा दुःख शिर्षकमा बरिष्ठ श्रष्ठा मदनकृष्ण श्रेष्ठ बक्ताका रुपमा थिए भने सहजकर्ता अमर न्यौपानले गरेका थिए ।
त्यस्तै आजका नेपाली कबिता शिर्षकमा रमेश क्षितिज, नारायण नेपाल, प्रमोद धित्ताल बक्ताका रुपमा थिए भने सहजीकरण दिपक सापकोटाले गरेका थिए ।
त्यस्तै भोलीको कार्यक्रममा लेखनः किन, कसरी र कसलाई शिर्षकमा अमर न्यौपाने र सिवानीसिंह थारु बक्ताका रुपमा रहने छन्, भने सहजीकरण विमल आचार्यले गर्नेछन् । दाङको शाहित्यीक र सांस्कृतिक पहिचान शिर्षकमा अशोक थारु, टिकाराम उदासी, डा. गोबिन्द आचार्य बक्ताका रुपमा रहने छन्, भने वसन्त विवस आचार्यले सहजीकरण गर्नेछन् ।