नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश

काठमाडौं, १० असोज ।  नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा घरेलु टोली भुटानलाई २–१ ले हराएसँगै नेपाल समुह बीको उपबिजेता बन्दै प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।

पहिलो हाफसम्म १–० ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल गरेको हो । नेपालले फाइनल प्रवेशका लागि भारतसँग खेल्ने छ । भारत समूह ए को विजेता हो ।।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया