दंगीशरण–१ मा खानेपानी आयोजना अलपत्र परेपछी बैकल्पिक धारा जडान

तुलसीपुर, ७ असोज ।  दाङको दंगीशरण गाउँपालिका–१ मा खानेपानी आयोजना अलपत्र परेपछी वडाको पहलमा बैकल्पिक धारा जडान गरिएको छ । वडा नम्बर १ को रामपुरमा निर्माण गर्न लागिएको खानेपानी ट्याङ्की लामो समयदेखी अलपत्र परेपछी बैकल्पिक रुपमा ८७ वटा धारा जडान गरिएको वडाअध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । ’गाउँमा खानेपानीको चरम अभाव हुन थाल्यो, ठेकेदारको लापरवाहीले समयमै खानेपानी आयोजना पुरा हुन सकेन, वडाअध्यक्ष भण्डारीले भन्नुभयो ।,– त्यसैले गर्दा वडाले स्थानिय अगुवा, खानेपानी डिभिजन कार्यालयलगाएतसँग आवश्यक सर–सल्लाह गरी बैकल्पिक रुपमा धारा जडान गर्ने निर्णय गरेका हौं ।’ खानेपानी ट्याङ्कीको काम सम्पन्न नहुदासम्म पानी सिधै धारामा जाने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

स्थानियले  धारा बन्द गरेको अवस्थामा भने ठाउँ–ठाउँमा भल्बहरु निर्माण गरिएको र सोहीबाट पानी व्यवस्थापन हुने उहाँले बताउनुभयो । लामो समयदेखी सुद्ध पानीको पखाईमा रहेका दंगीशरण–१ स्थानियलाई यसले राहत पुर्याएको छ । विशेषगरी माथी तिरको डाँडागाउँमा बसोबास गर्नेहरुले पानीको एकदमै अभाव झेल्नुपरेको थियो । अहिले धारा जडान गरी पानी सुचारु भएपछी सहज हुने अपेक्षा गरिएको स्थानियले बताएका छन् । अहिले रामपुरदेखी बाँकी स्कुल चोकसम्म धारा जडान गरीएको भन्दै वडा कार्यालयले आगामी दिनमा पश्चिम खर्काटोलसम्म धारा जडान हुने बताएको छ ।।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया