दंगीशरण–१ को फुर्केसल्लीमा टावर निर्माणको काम अन्तिम चरणमा

तुलसीपुर, ५ असोज ।  पश्चिम दाङको दंगीशरण गाउँपालिका–१ को फुर्केसल्लीमा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फुर्केसल्लीको ठाँटी र लामितराको बिच डाँडामा निर्माण गर्न लागिएको नेपाल टेलिकमको टावरको काम अन्तिम चरणमा पुगेको वडाअध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार टावर जोड्ने काम झण्डै सकिएको छ भने अहिले पेन्टिङको काम भइरहेको छ । टावर निर्माणको काम पुर्ण रुपमा सम्पन्न भइसकेपछी नेटवर्क छोड्ने सम्बन्धि अन्य कामको प्रकृया सुरु हुने उहाँले बताउनुभयो ।

सबै प्रकृया मिलाउनुपर्ने र विद्युतसमेत जडान गर्नुपर्ने भएकाले टावर सुचारु हुन भने समय लाग्ने भएको छ । सञ्चारको पहँुचबाट बञ्चित रहेको फुर्केसल्लीमा अब नेपाल टेलिकमको टावर निर्माण गरिएसँगै विभिन्न किसिमको इन्टरनेटसम्बन्धिका कामहरु गर्न सहज हुने अपेक्षा गरिएको स्थानियले बताएका छन् । टावर सुचारु भएपछी सामान्य फोन गर्न र नेट चलाउन अग्ला डाँडामा जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया