ओमानसँगको खेलमा नेपालले हार्यो

काठमाण्डौं, ३ असोज ।  आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल ओमानसँग पराजित भएको छ । गुल्सन झाले अर्धशतकसहित ५ विकेट लिए पनि नेपाल ओमानसँग पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर भेटाएको हो । जितपछि ओमान ५ खेलमा ५ अंकका साथ तालिकाको छैटौं स्थानमा नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ ।

असोज १० गतेसम्म हुने शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो । क्यानडा ९ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ । यो शृङ्खलामा नेपालले अब असोज ६ गते क्यानडासँग र असोज ८ गते ओमान खेल्नेछ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ ।।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया