२०८३ भाद्र ११ गते बिहिवार

नेपाल पुलिसको लगातार तेस्रो जीत

काठमाण्डौं, १ असोज ।  काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जीत हात पारेको छ । माल्दिभ्सको मालेमा आज भएको खेलमा पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको हो ।

पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१५ ले जितेको हो । पुलिस क्लबले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–० र दोस्रो खेलमा श्रीलङ्काको श्रीलङ्कन एअर फोर्सलाई ३–० को सेटमा हराएको थियो । अब पुलिसले चौथो तथा समूह चरणको अन्तिम खेलमा पर्सि माल्दिभ्सको क्लबसँग खेल्नेछ ।।

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार
प्रतिक्रिया