२०८३ भाद्र २६ गते शुक्रवार

सडक भासिने र ठूलो भ्वाङ पर्ने समस्या बढ्दै

काठमाण्डौं, ३० भदौ । काठमाण्डौ उपत्यकाभित्रका सडक भासिने, ठूलो भ्वाङ पर्ने घटना बढ्दै गएका छन् । हिजो दिउँसो ललितपुरको कुपण्डोलमा सडक भासिएको छ । यसअघि साउन ३० गते ललितपुरकै महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलमा पनि सडक भासिएको थियो । यस्तै गएको साउन २४ गते काठमाण्डौको दरबारमार्गको महेन्द्र सालिकबाट काठमाण्डौ प्लाजा निस्कने बीचबाटोमै सडक भासिएर भ्वाङ परेको थियो । यस्ता घटनाले सडक यात्रा जोखिमपूर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको माटोको तह कमजोर रहेको, लगातारको झरीले माटो खुकुलो बनाई बगाएर लैजाने र जमिन भासिने समस्या देखापर्ने गरेको भूगर्भविद् सुबोध ढकाल बताउनुभएको छ । भासिएको सडक मात्र नभई त्यसको आसपासको क्षेत्र पनि जोखिमयुक्त हुने उहाँले बताउनुभयो । व्यस्त रहने सडक सामान्य भासिँदा पनि ठूलो दुर्घटना हुने जोखिम रहेकोले सडक बनाउँदा सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ ।।
प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।