बजेटमाथिको सैद्धान्तिक छलफल आजदेखि

तुलसीपुर,१७ जेठ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभामा बजेटमाथिको छलफल आजदेखि सुरु हुँदैछ । प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिन छलफल हुनेछ । छलफल सकिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ ।

बजेटमाथिको सैद्धान्तिक छलफलपछि सांसदहरूले खर्च कटौतीको प्रस्ताव दर्ता गर्न सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो । बजेटमा देखिएका असन्तुष्टिका विषयमा सांसदहरुले संसोधन समेत दर्ता गराउन सक्नेछन् । बजेटमाथि भनाई राख्न एक सांसदलाई ५ मिनेटको समय दिइनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया