२०८३ भाद्र २६ गते शुक्रवार

दमारगाउँमा सडक भत्किदा तुलसीपुर–नेपालगञ्ज सकड अवरुद्ध

तुलसीपुर, २८ भदौ ।  दाङको तुलसीपुर–नेपालगञ्ज सडक अवरुद्ध भएको छ । गएराती देखीको अविरल बर्षाका कारण तुलसीपुर–१३ दमारगाउँमा सडक भासिदा तुलसीपुर–नेपालगञ्ज सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अवरल बर्षासँगै आएको नालाको पानीले हेमपाइपबाट निस्कने ठाउँमा कटान गर्दा बटो अवरुद्ध भएको हो । एकतर्फ रुपमा साना गाडीहरु चलेपनी ठुला गाडीहरु भने आवतजावत बन्द गरिएको उहाँले बताउनुभयो । सडक मर्मत नहुदासम्म बैकल्पिक रुपमा घोराही सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय दाङले अनुरोध गरेको छ ।

यसैबिच यता घोराही र दुईखोलीको बिचमा पनि बर्षाका कारण सडक अवरुद्ध भएको छ । गएराती ८ बजेको समयमा लिादी भन्ने स्थानमा सडकमाथीबाट पहिरो खस्दा बटो बन्द भएको हो । यसले गर्दा यात्रुहरु सडकमा अलपत्र परेका छन् । अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।