२०८३ भाद्र ११ गते बिहिवार

१७ वर्षमुनिको च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग खेल्ने

काठमाडौं, १७ भदौ ।  साबिक उपविजेता नेपालले साफ १७ वर्षमुनिको च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले हिजो सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पाकिस्तानसँग खेल्ने भएको हो । नेपालको पहिलो खेल २१ सेप्टेम्बरमा रहेको छ । प्रतियोगिता सेप्टेम्बर २० देखि ३० सम्म आयोजना हुनेछ । नेपालसँगै पाकिस्तान समूह ‘बी’ मा छ । यो समूहमा श्रीलङ्का र आयोजक भुटान पनि रहेका छन् ।

अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र बङ्गलादेश छन् । नेपालले दोस्रो खेल सेप्टेम्बर २३ मा श्रीलङ्का र समूहचरणको अन्तिम खेल भुटानसँग सेप्टेम्बर २५ मा हुनेछ । समूह चरणका चार उत्कृष्ट टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यसअघिको संस्करण श्रीलङ्कामा आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपाललाई ४–० ले पराजित गर्दै भारतले उपाधि जितेको थियो । नेपालले प्रतियोगिताको लागि ३० खेलाडी बन्द प्रशिक्षणमा राखेको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया