तुलसीपुर, १७ भदौ । दाङको दंगीशरण गाउँपालिका–६ मा तिज तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न भएको छ । दंगीशरण–६ को आयोजना तथा पालिकाको आर्थीक सहयोग र दुना टपरी महिला उद्यमी समुह बागरको सहजीकरणमा तिज तथा अट्वारी विशेष कार्यक्रम भएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार वडा सदस्य उर्मीला परियारको अध्यक्षता तथा पालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता एवम् वडा सदस्य टंकी भण्डारीको विशिष्ट आथित्यतामा हिजो आइतबार भएको कार्यक्रममा विभिन्न सांगितिक प्रस्तुतीहरु राखिएको थियो ।
विशेषगरी महिलाहरुको महान पर्व तिजको अवसरमा महिलाहरुको सम्मानका लागी यस्तो कार्यक्रमको आयोजना गरिएको वडाअध्यक्ष शाहले बताउनुभयो । यस्ता कार्यक्रमले नेपालीका परम्परागत कला, संस्कृतिको जगेर्नामा महत्वपुर्ण योगदान पुर्याउनुका साथै मौलिक कला, संस्कृति संरक्षणमा टेवा पुग्ने अपेक्षा गएिको उहाँले बताउनुभएको छ ।।



