काठमाण्डौं, ११ भदौ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटका लागि भारतको टोली घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हरमनप्रीत कौरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । भारतीय टोलीमा यास्तिका भाटिया र श्रेयङ्का पाटिल फर्किएका छन् ।
यद्दपि यी दुईले विश्वकप खेल्ने सम्भावना फिटनेसमा निर्भर रहेको छ । यस्तै इङ्गल्यान्डले पनि महिला टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । इङ्गल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले हेदर नाइटको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।।
प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार





