तुलसीपुर, ११ भदौ । दाङको तुलसीपुरमा फटुबल प्रतियोगिता सुरु भएको छ । ठनडर यती क्लब र यसनुर ग्रुपको आयोजनामा हिजो भदौ १० गतेदेखी ठनडर लिग क्लक–२०८१ सुरु भएको हो । अरनिको मैदान तुलसीपुरमा जारी प्रतियोगिताको पहिलो दिन हिजो हिरा डाँगी फाउण्डेसन टिम (ए) र टिम (बि) बिच भएको खेलमा टिम (ए) ४–० ले विजयी भएको छ । टिम (ए) का दिपेश बिक र करण कार्कीले २-२ गोल गर्दै टिम (बि) लाई पराजित गर्नुभएको हो । यसैगरी हिजै भएको अर्को खेलमा हिरा डाँगी फाउडेसन महिला टिमले ठनडर यती सँग २–० अन्तरले हार बेहोरेको छ । आज हिरा डाँगी फाउण्डेसन टिम (सि) र ठनडर लेजेण्ड बिच साँझ ५ बजे अरनिको मैदानमा खेल हुदै छ ।
हिरा डाँगी फाउण्डेसन टिम (ए) ३ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ । अहिलेसम्म तुलसीपुरमा कुनैपनि फुटबल लिग नभएको अवस्थामा फुटबलमा केही नयाँ अभ्यासको थालनी गरिएको ठनडर यती फुटबल क्लबका सदस्य विपिनलाथ योगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार खेलमा १८ बर्ष मुनिका महिला र पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ठनडर यती फुटबल क्लबका ४ जना पुरुष र १ महिला र हिरा डाँगी फाउण्डेसनका ३ पुरुष र १ महिला रहेका छन् । प्रतियोगिता यही भदौ २४ गतेसम्म चल्ने छ । विजेता हुने टिमले १० हजार रुपैयाँ नगद र ट्रफी पाउने छन् ।।





