२०८३ भाद्र ११ गते बिहिवार

साफ च्याम्पियनसिपको फाइनलमा पुग्न आज नेपाल र भुटान खेल्दै

काठमाण्डौ, ९ भदौ ।  २० वर्ष मुनिको साफ च्याम्पियनसिपअन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ए को विजेता र भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

यस्तै दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्नेछन् । लगातार वर्षाका कारण दशरथ रङ्गशालाको मैदान हिलो हुँदा सेमिफाइनल खेल पनि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समै हुने भएको हो ।।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया